कुपन्डोलमा महिन्द्रा विद्युतीय गाडीको अत्याधुनिक सर्भिस स्टेसन

  २०७४ चैत २८ गते १८:४३     विकासन्युज

काठमाडौं । भारतको महिन्द्रा ग्रुप तथा विद्युतीय सवारी साधन निर्माणमा अग्रणी कम्पनीको एक हिस्सेदार संस्था महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको विद्युतीय गाडी तथा जेनेरेटरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्ना विद्युतीय गाडीहरुको लागि ललितपुरको कुपन्डोलमा सर्भिस स्टेसनको प्रारम्भ गरेको छ ।

सर्भिस स्टेशनले सोमबारदेखिनै आफ्नो सेवा प्रारम्भ गरेको बताएको छ । उक्त स्टेसनको समुद्घाटन नेपाली टाइम्सका संस्थापक सम्पादक कुन्ददिक्षितले गरका थिए ।

कुपन्डोलमा स्थापना गरिएको स्टेसनबाट विद्युतीय गाडीहरुको सर्भिस, पिडिआई (प्रि डेलिभरी इन्स्पेक्शन) गरिने छ । साथै सेन्टरबाट विद्युतीय गाडीको स्पेयर पार्ट बिक्री तथा सर्भिसिङ नर्गे लगायतका सेवा प्रदान गरिने कम्पनीकाे भनाइ छ ।

कम्पनीको अनुसार सेन्टरबाट केभिन इन्भर्टर, कन्स्ट्यान्ट व्याट्रि तथा महिन्द्रा पावरवल जेनेरेटरको सर्भिस तथा त्यससँग सम्बन्धित स्पेयर पार्टहरु समेत सुलभ मूल्यमा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।