सामसङ इलेक्ट्रोनिक्स्को नयाँवर्ष अफरमा १५ प्रतिशतसम्म छुट

  २०७४ चैत २९ गते १९:३९     विकासन्युज

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स् नेपालले नयाँवर्ष २०७५ को उत्साहलाई दोब्बर गर्दै ‘नयाँवर्षको उमङ्ग, सामसङसँग’ नामक अफर बजारमा ल्याएको छ ।

नयाँवर्षको उल्लासमय अवसरमा उत्कृष्ट योजनाहरुसँगै एक नौलो सुरुवात गर्न चाहने उपभोत्ताहरुलाई लक्षित गरी यस योजना नयाँ वर्षको उपहारको रूपमा प्रस्तुत गरिएको जनाइएको छ । उपभोक्ताले सामसङको टिभी तथा घरायसी उपकरणको खरिदमा १५ प्रतिशतसम्मको छुट दिने कम्पनीको भनाइ छ ।

कम्पनीको अनुसार सामसङले वल्र्डलिंकसँग साझेदारी गर्दै आफ्नो स्मार्ट टिभीको विक्रीमा अनलिमिटेड इन्टरनेट नेट टिभी सेवाप्रदान गर्ने भएको छ । ३२ इन्चदेखि ४३ इन्चसम्मको सामसङ स्मार्ट टिभीको खरिदमा १२ प्रतिशत क्यासब्याक तथा ६ महिनाको लागि १० एमबीपीएस को अनलिमिटेड इन्टरनेट नेट टिभी सेवा उपलब्ध गराउने जानकारी दिएको छ ।

त्यसैगरी ४९ इन्चदेखि ५५ इन्चसम्मको फ्लाट स्मार्ट टिभीदेखि एसयुएचडी र क्यूएलइडीसम्मका टिभीहरुमा विभिन्न क्षमताको इन्टरनेट तथा नेट टिभी विभिन्न अवधिसम्म सञ्चालन गर्ने अवसर दिएको छ ।

एचडी र एफएचडी टिभीको खरिदमाभने अधिकतम खुद्रा मुल्यमा १५ प्रतिशत पक्का क्यास ब्याक पाउने व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीले विभिन्न रेफ्रिजेरेट, वासिङ मेसिन लगायतको प्रोडक्टमा पनि विभिन्न अफरहरु राखेको छ । नेपालभरका सामसङ ब्राण्ड स्टोर तथा अधिकृत विक्रेतामा उपलब्ध उक्त अफर १३ मे २०१८ सम्म लागू गरिएको जानकारी दिएको छ ।