२०७५ वैशाख २ गते १२:५० विकासन्युज
काठमाडौं । नयाँ वर्षको अवसरमा सूर्योदय यातायात एण्ड अटो प्रालीले अशोक लेलैण्डका १५ थान ल्यांस स्मार्ट इलाईट प्लस मोडेलका बसहरु सञ्चालनमा ल्याएको छ । सो बसहरुमा डिजिटल डिस्प्ले, टि.भी., वाईफाई, जि.पि.एस्, सि.सी क्यामेरा लगायत उपकरणहरु उपलब्ध छन् ।
पूर्वाञ्चलमा नमुना रुपमा यात्रुहरुलाई सेवा दिने उद्देश्यले यस किसिमका लाईफ टाईम इन्जिन जडित गाडिहरुमा फिल्टर र मोविल खर्च बाहेक अन्य खर्च नआउने अध्यक्ष देवेन्द्रकुमार न्यौपानेले बताएका छन् ।
कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक सरोज न्यौपानेले आगामी दिनहरुमा यस संस्था देशभरी विस्तार गर्दै यात्रुहरुलाइ गुणस्तरीय सेवा प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा परिचित रहने बताए ।
आईएमई मोटर्स प्रालीका सेल्स हेड सुधिर सुबेदीले ‘समयको आवश्यकता अनुसार न्यून खर्चमा कसरी बस सञ्चालनमा ल्याउन सकिन्छ भन्ने उदाहरण, नेपाली बजारमा अशोक लेल्याण्डका बसहरुले पुष्टि गरिरहेको’ बताए । साथै, १५ प्रतिशत धेरै माइलेज तथा न्यून मर्मत खर्च भएका यी बसहरु व्यवसायी तथा ग्राहक मैत्री रहेको उनले बताए ।
आईएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको र साथसाथै ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.