बर्जर पेन्ट्सले ल्यायो बर्जरको एटिएम अफर, ३० लाख नगद जित्ने अवसर

  २०७५ वैशाख २ गते १४:५७     विकासन्युज

काठमाडौं । नयाँवर्ष २०७५ को अवसरमा बर्जर पेन्ट्सले एक नयाँ उपहार योजना “बर्जरको एटिएम अफर” ल्याएको छ । पेन्ट्सले ग्राहकको घरलाई यो सिजनमा नगद पुरस्कारहरुले भरिपूर्ण बनाउन उक्त अफर सञ्चालनमा ल्याएको हो ।

यस अफरको क्याम्पेन एम्बासडरमा चर्चित नायक बिपिन कार्की र नायिका वर्षा राउत रहेका छन् । यस अफर अन्तर्गत घरधनीहरुले ३० लाख रुपैयाँ नगद उपहार जित्नेछन् । साथै, बर्जर सिल्क रेन्ज, वेदरकोट अल गार्ड वा वेदरकोट एन्टि डस्ट इमल्सन्स्को खरिदमा १०० वर्ग फिटसिल्कइलयुजन डिजाइन निःशुल्क पाउनेछन् । तीनउत्कृष्ट कमर्सियल भवन प्रत्येकले ५०–५० हजार रुपैयाँ पाउने छन् । साथै, बर्जरको फेसबुक पेजमा सबैभन्दा धेरै लाइक पाउने उत्कृष्ट घरले २५ हजार रुपैयाँ पाउने कम्पनीले जनाएको छ ।

यस उपहार योजनामा सहभागी बन्न घरधनीले आफ्नो घरको रङ्ग रोगनकार्य शुरु गर्नु अघि टोल फ्रि नं. १६६०–०१–२३४३४(एनटीसी)/९८०१५७१००१ (एनसीएल)मा फोन गरेर अथवा <berger>टाइप गरी ३३३७७मा एसएमएस पठाएर दर्ता गराउनु पर्नेछ । दर्ता पछि हरेक घरको लागि छुट्टाछुट्टै एक विशेष दर्ता कोड फोन सम्पर्कको समयमा वा स्वचालित एसएमएस प्रणाली मार्फत् उपलब्ध गराइनेछ ।

यस योजनाको लागि घरधनीले कुनै संसोधन नगरिएको घरको फोटो निम्न ठेगानामा अपलोड www.facebook.com/bergerpaintsnepal अथवा www.ATM.bergernepal.com गर्नुपर्नेछ ।

यो योजना अन्तर्गत दर्ता गर्ने अवधि यही बैशाख २ गतेदेखि असार ३२ गतेसम्म कायम गरिएको छ ।