२०७५ वैशाख ४ गते ११:५० विकासन्युज
काठमाडौं । फौजदारी अभियोग लागेका सांसदहरु अब स्वतः निलम्बनमा पर्ने भएका छन् । प्रतिनिधिसभा नियमवालीमा फौजदारी अभियोग लाग्ने वित्तिकै सांसद निलम्बन हुने व्यवस्था प्रस्ताव गरिएको हो ।
एमालेका सासंद कष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा कुनै पनि सासंदलाई मुद्दा लागेमा, पुर्पक्षका लागि थुनामा राखिएमा उक्त सासंदको पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्न लागेको हो ।
संयोजक पोखरेलले विगतमा मुद्दा लागि सकेर जेलमै रहे पनि ससंद पद रहिरहने व्यवस्था भए पनि अबका दिनमा मुद्दा सम्बन्धमा अन्तिम फैसला नभए सम्म निलम्बन हुने व्यवस्था गर्न लागिएको बताए ।
फैसलाले सासंद निर्दोष ठहरिए निलम्बन फुकुवा हुने र दोषी ठहरिए पद मुक्त हुने व्यवस्था गर्न लागिएको पोखरेलले बताए । कुनै सासंद पदमुक्त भएको खण्डमा उक्त निर्वाचन क्षेत्रमा पुनःनिर्वाचन गराएर संसद पद पूर्ति गर्ने व्यवस्था नियमावलीले गर्ने उनको भनाई छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.