२०७५ वैशाख ४ गते १४:०६ विकासन्युज
काठमाडौं । मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको ख्याती प्राप्त बैंक नेशनल कमर्सियल् बैंक, क्विक पे बिच रेमिटान्स सम्झौता भएको छ ।
सम्झौता पश्चात क्विक पेको ३१८७ एटिएम् साथै ३०० भन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि ५५०० एजेन्टहरु र मेगा बैंकको ४७ शाखाहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ ।
नेशनल् कमर्सियल बैंकका उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुशी व्यक्तm गर्दै आगामी दिनहरुमा नयाँ प्रविधि र बृहत बजार रणनितीको साथ अगाडी बढ्ने बताएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.