राजधानीमा ठुला माछा खोज्न उद्याेगमन्त्री मातृका यादव बजार अनुगमनमा निस्कदै,

  २०७५ वैशाख ६ गते १७:०५     विकासन्युज

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनले माछा–माछा भ्यागुता मात्रै हात पारेको भन्दै उद्याेग, वाणिज्य तथा अापूर्तिमन्त्री मातृकाप्रसाद यादव आफैं बजार अनुगमनमा निष्कने भएका छन् ।

अबको अनुगमनमा माछा मात्रै नभएर ठुलै माछा हात पार्ने मन्त्रालयले बताएको छ । अहिलेसम्म अनुगमनका लागि मात्रै अनुगमन भएको माछा खोज्दा भ्यागुता मात्र हात लागे जस्तो भएकोे, अब माछा मात्रै होइन ठुलै माछा समाउँने उनको दावी छ । दोषिलाई कानूनको कठघरामा ल्याएरै छाड्ने मन्त्री यादको प्रतिबद्धता छ ।

यसै हप्तभित्र राजधानीमा व्यवस्थित संयुक्त अनुगमन गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । त्यसको लागि तयारी भइरहेको उनको भनाइ छ । ‘यसअघि पनि अनुगमन नभएको होइन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरिरहेको थियो,’ उनले भने ‘केही दिनअघि मात्रै पेट्रोलियम पदार्थको मुल्य सम्बन्धि अध्ययन गरिएका छन् ।’ अहिले वाणिज्य विभाग र उपभोक्ता हित संरक्षण विभाग मर्च भइसकेको उनले बताए ।

उनको अनुसार सातै प्रदेशमा अनुगमन भइरहेको छ । तर अबको केही दिन भित्रै राजधानीमा व्यवस्थित संयुक्त अनुगमन हुनेछ । अनुगमनको तयारीको लागि मन्त्री स्तरिय, निजी क्षेत्रसँग, उपभोक्तावादी संघ संस्थाहरु लगायतसँग छलफल भइसकेको उनको भनाइ छ ।

अनुगमनमा दोषि भेटिएको कसैलाई नछोड्ने भन्दै आवश्यकताअनुसार अबको अनुगमनमा आफै फिल्डमा उत्रने मन्त्री यादवले बताएका छन् । सरकारले हालको कानूनलाई व्यवस्थित बनाउन समयसापेक्ष संशोधन गर्न लागिरहेको मन्त्रालयले जानकारी दिएको छ ।