२०७५ वैशाख ११ गते १६:२५ विकासन्युज
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर पुष्पराज कँडेल नियुक्त भएका छन् । मंगलबारको मन्त्रिपरिषदको निर्णयबाट कडेल उपाध्यक्षमा नियुक्त भएका हुन् ।
यसअघि कडेल नेकपा एमाले लेखा समितीका संयोजक रहेका थिए । उनीसँगै ६ जना योजना आयोगका सदस्यमा नियुक्त भएका छन् ।
सदस्यमा नियुक्त हुनेहरुमा दिलबहादुर गुरुङ, रामकुमार फुयाँल, सुशील भट्ट, मीनबहादुर शाही कृष्णप्रसाद ओली, र उषा झा रहेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.