जीडीपीमा कृषि क्षेत्रको हिस्सा घट्यो

  २०७५ वैशाख १२ गते १५:५०     विकासन्युज

काठमाडौं । चालु आर्थिक २०७४/७५ को कुल गार्हस्थ्य उत्पान(जीडीपीम)मा कृषि क्षेत्रको हिस्सा घटेको छ । गएको अर्थिक वर्षको तुलनामा यस वर्ष ४ प्रतिशत जीडीपीमा हिस्सा घटेको केन्द्रीय तथ्याँक विभागले बुधबार सार्वजनिक गरको देशको आर्थिक परिदृष्यमा कृषि क्षेत्रको जीडीपीमा योगदान घटेको देखिएको हो ।

विभागको अनुसार गएको अर्थिक वर्ष २०७३/७४ मा कृषि जीडीपीमा कृषि क्षेत्रको हिस्सा २८.२५ थियो । यो वर्ष घटेको छ । यद्यपि जीडीपीमा सबैभन्दा बढी कृषि क्षेत्रको हिस्सा रहेको छ ।

त्यस्तै चालु अर्थिक वर्ष धान र दलहनको उत्पादन क्रमशः १.५ र २.५ ले कमि आउने देखिएको छ भने तरकारी, गहुँ, मकै र आलुको उत्पादन भने क्रमशः ५,५,९ र २५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.