२०७५ वैशाख १२ गते १८:२८ विकासन्युज
काठमाडौं । जिल्ला शिक्षा कार्यालय, काश्कीमा कार्यरत इन्जिनियर छविन्द्र विक्रम खाँण र सव(इन्जिनियर प्रदीपकुमार वानियाँ विरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको छ । भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ लाख बिगो असुली दाबी सहित मद्दा दायर गरेको हो ।
काश्की जिल्ला, मादी गाउँपालिका वडा नं ८ स्थित श्री प्रभात आधारभूत विद्यालय र श्री नारायण आधारभूत विद्यालयको भवन निर्माणको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट योगको कार्यालय पोखराको गएको टोलीले १ लाख समेत बरामद गरेको छ । उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको देखिन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को देहाय ग बमोजिम जरिवाना र कैद सजायको लागि अदालतमा दायर गरिएको छ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.