२०७५ वैशाख १४ गते १७:३३ विकासन्युज
काठमाडौं । नेपालमा पियाजियो थ्री ह्विलर्सका आधिकारिक बिक्रेता औधोगीक तथा ब्यापारीक घराना एमभी दुगड़ ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले बिहीबार बिराटनगरको बरगाछीमा आफ्नो पहिलो पियाजियो शोरुमको उद्घाटन गरेको छ ।
नेपालको विभिन्न स्थानमा यात्रु ओसार पसार तथा सामान ढुवानीका लागि उपयुक्त तथा प्रभावकारी साधनका रुपमा तीनपाँग्रे सवारीसाधनलाई लिने गरिएको छ ।
सो सवारी सानो पूँजी लगानी बाटै सञ्चालन गर्न सकिन्छ र सोही सरल सेवा सुविधाका लागि पियाजियो थ्रि ह्विलर्सको पहिलो साखा बिराटनगरको बरगाछीबाट शुरु गरेको कम्पनीले जानकारी गराएको छ ।
शाखाको उद्घाटन पियाजियो भेइकल्स इण्डियाका मेनेजर दिपककुमार र नेपालका लागि पियाजियोका हेड अफ अपरेशन विजय महतोले सम्युक्त रुपमा गरेका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.