२०७५ वैशाख २१ गते ९:५९ विकासन्युज
काठमाडौं । गण्डकी विकास बैंकको १० औं वार्षिक साधारणसभा जेठ २५ गते पोखरामा हुने भएको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १९.३१ प्रतिशत अर्थात ४४ करोड ५० लाख ९२ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरणको पारित गर्ने छ ।
बोनस सेयर वितरण भएपछि बैंकको चुक्तापुँजी बढेर २ अर्ब ७५ करोड पुग्ने छ । पुँजी वृद्धिको प्रस्ताव पनि सभाले पारित गर्ने भएको छ ।
अन्य बैंक तथा वित्तीय संस्थासंग गाभ्ने र प्राप्ति गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । संस्थापक र सर्वसाधारणतर्फ प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको चयन र सञ्चालकको भक्ता र सुविधा वृद्धि गर्ने प्रस्ताव पारित हुने बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.