आउटरिच नेपालका शाक्यले जिते लिडरसिप अवार्ड

  २०७५ वैशाख २३ गते १८:५८     विकासन्युज

काठमाडौं । आउटरिच नेपालका प्रबन्ध निर्देशक उजय शाक्यले लिडरसिप अवार्ड जितेका छन् । मुम्बईमा यही शुक्रबार आयोजित ‘फ्लेम अवार्डस् २०१८’ मा लोकप्रिय फ्लेम लिडरसिप अवार्डद्वारा शाक्य पुरस्कृत भएका हुन् ।

शाक्यसँगै अन्य केही कम्पनीका प्रतिष्ठित व्यक्तिहरु पनि उक्त अवार्डका विजेता बनेका छन् । सोही समुहका अन्य विजेताहरु भारत र बङ्गलादेशका अग्रणी व्यापारिक घरानाका प्रतिष्ठित व्यक्तिहरु रहेका छन् ।

रुरल मार्केटिङ एशोसियसन अफ इन्डियाले सन् २००६ मा यो फ्लेम अवार्डको स्थापना गरेको हो । यसको उद्देश्य भारतको ग्रामीण भेगका बजारहरुमा बजारीकरण, प्रवद्र्धन र पहलकदमी गर्नेहरुमध्येबाट उत्कृष्टलाई प्रोत्साहित गर्न पुरस्कृत गर्नु हो ।

फ्लेम लिडरसिप अवार्डले बजारीकरणका लागि योगदान दिने व्यक्ति वा प्रोफेसनलहरुलाई सम्मान एवं प्रोत्साहन गर्नका लागी यो अवार्ड प्रदान गर्दै आएको छ ।