२०७५ वैशाख २४ गते १४:१७ विकासन्युज
काठमाडौं । लक्ष्मी बैंकले सर्लाहिको लालबन्धि र मोरङ्गको बेलबारी गाउपालीकामा दुई नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सोमबार(आज)देखि उक्त शाखाबाट कारोबार शुरु गरेको छ ।
यी दुई शाखासहित यस बैंकको शाखा संजाल ८०, ३ हस्पिटल सेवा काउन्टर, १०१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शखा रहित बैंकिङ्ग अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । बैंकले यी शाखाहरुका साथ आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।
यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
त्यस्तै, आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.