२०७५ वैशाख २४ गते १८:४१ विकासन्युज
काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ७७ औं शाखा धनुषा जिल्लाको जनकपुरमा विस्तार गरेको छ । सोमबार नेपाल राष्ट्र बैंक जनकपुरका प्रमुख नरेश शाक्यले उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन् ।
कार्यक्रममा शाक्यले यस बैंकले जनकपुर क्षेत्रमा रहेका ग्रामीण तथा शहरी भेगका जनताहरुमा समावेशी वित्तीय पहुँच पुर्याउँदै ग्राहक मैत्री सेवा सुविधा प्रदान गर्ने कुरामा विस्वस्त रहेको बताएका छन् ।
कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहूँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने उनले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.