२०७५ वैशाख २५ गते ८:५३ विकासन्युज
काठमाडौं । लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ । संस्थापक सेयरधनीले ४९ हजार ५३२ कित्ता सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बिक्री खुला गरेको हो ।
३५ दिनभित्र खरिदका लागि निवेदन दिन बैंकले भनेको छ । विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरे कानून बमोजिम बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.