२०७५ वैशाख २६ गते १२:२१ विकासन्युज
काठमाडौं । पाकिस्तान, बंलादेश, श्रीलङ्का, म्यानमार र नेपालको प्रमुख इ–कर्मश कम्पनी दराज गु्रप अलिबाबाले प्राप्त(एक्विजिशन) गरेको र अब दराज अलिबाबा गु्रपको सदस्य भएको सार्वजनिक गरिएको छ ।
दराजले अलिबाबाको प्रविधि, अनलाइन कर्मश सञ्चलानमा भएको अनुभव र नेतृत्वलाई करिब ४६ करोड जनासङ्ख्या समेट्ने दक्षिण एसियाका ५ देशहरुमा आफ्नो बजारलाई विस्तार गर्न प्रयोग गर्ने भएको छ ।
दराज सन् २०१२ मा संस्थापना भइ–कर्मश प्लाटफर्मको प्रमुख गन्तव्यको रुपमा स्थापित भएको छ । दराज हाल पाकिस्तान, बंलादेश, श्रीलङ्का, म्यानमार र नेपालमा सञ्चालनमा छ । अलिबाबा गु्रप अन्तर्गत पनि दराज आफ्नै ब्रान्ड ‘दराज’ सहित सञ्चालन हुनेछ ।
दराजका सह–प्रमुख कार्यकारी अधिकृत, बिर्याके मिकेल्सनले भनेका छन्, ‘यस कारोबारसँगै दराजले अलिबाबा परिवारमा सदस्यता पाएको छ र हामी जहाँ पनि व्यापार गर्न सहज यस अभियानमा सहभागी हुन पाउँदा गर्ववान्वित भएका छौँ,’ उनले थपेका छन् ‘हामीले धेरै परिश्रम र सर्मपणका साथ दक्षिण एसियाका ५ देशहरुमा इ–कर्मशको यात्रा शुरु ग¥या,ैँ यद्यपि हामीले यी देशहरुमा इ–कर्मशमा पूर्ण क्षमताका साथ कार्य गर्न बाँकी नै छ ।’
दराजका सह–प्रमुख कार्यकारी अधिकृत डा.जोनाथन डोअरले भनेका छन् ‘हामी अलिबाबासँगको सहकार्यमा यस क्षेत्रका उद्यमीहरुको सशक्तिकरणमा सहयोग पु¥याउन र ग्राहकलाई सरलताका साथ गुणस्तरिय उत्पादनहरु उपलब्ध गराउन गरेको प्रतिज्ञा पुरा गर्न तत्पर छौँ । यसलाई उच्चस्तरको प्रविधि, बलियो सञ्चालन सञ्जाल र जोसिला स्थानीय समुदायको साथले सर्मथन गर्ने आश गरेका छौं ।’
दराज ग्रुपकाले आवश्यकता अनुसारको प्रवद्धन, डाटा र सर्भिस सलुसनले दक्षिण एसियाको अग्रणी इ–कर्मश प्लाटफर्मसँग हाल ३०,००० विक्रता, ५०० ब्रान्ड र ५० लाख ग्राहक रहेका छन् । २० लाख उत्पादनहरुका साथ, दराजले इलेक्टोनिक्सदेखि घरायसी सामग्रीहरु, सौन्र्दय, खेल समग्री र ग्रोसरीहरु उपलब्ध गराउँदै आएको छ । अहिले अलिबाबा गु्रप होल्डिङ लिमिटेडले दराजको पुर्ण स्वामित्व ग्रहण गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.