खाद्य विभागले भित्र्यायो २८ करोडको मोबाइल भेन ल्याब, ठाँउको ठाँउ अद्याख पदार्थ पत्ता लाग्ने

  २०७५ जेठ १ गते १७:५४     विकासन्युज

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विगभाले २८ करोड मुल्य बराबरको मोबाइल भेन ल्याब भित्र्याएको छ । बजारमा अखाद्य पदार्थको विगविगी बढेको भन्दै त्यस्तो वस्तुको परिक्षण र नियन्त्रण गर्ने उद्देश्यले उक्त मोबाइल ल्याब(ल्याब भएको भेन) भित्र्याएको हो ।

विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले केही दिन अघि मात्रै उक्त मोबाइल ल्याब विभागमा ल्याइपुर्याएको बताए । ‘विभागले तीन वर्षअघि देखि सो ल्याब ल्याउन पहल गरिरहेको थियो,’ उनले भने ‘उक्त पहलले सार्थकता पाएको छ । केही दिनअघि मात्र सरकारकै बजेटमा ४ ओटा मोबाइल ल्याब भित्रिएको हो ।’

त्यस्तै विभागले ४ वर्षअघि युरोपियन युनियनको सहयोगमा एउटा त्यस्तै मोबाइल ल्याब भित्र्याएको थियो । सो ल्याबभन्दा हाल भित्र्याइएको ल्याब एड्भान्स रहेको उनको भनाइ छ । विगतको भन्दा बढी वस्तुहरुको अत्याधुनिक ढङ्गले अहिलेको ल्याबबाट परिक्षण गर्न सकिने उनले जानकारी दिए ।
उनको अनुसार एउटा मोबाइल ल्याबको लागत ७ करोड रुपैयाँ परेको छ । ४ ओटा ल्याबको लागि २८ करोड रुपैयाँ लगानी भएको छ ।

विगभागका महानिर्देशक संजीवकुमार कर्णले अहिले बजारमा १५/२० प्रतिशत अखाद्य, कमसल तथा न्युनस्तरिय वस्तुहरु पाइने बताए । त्यस्ता वस्तुहरुलाई नियन्त्रण स्थलगत रुपमा प्रयोगमा आउने उच्च स्तरिय प्रविधि भित्र्याएको उनको भनाइ छ ।

विभागको अनुसार ल्याबको माध्यमबाट स्थलगत रुपमा छिटो, छरिटो माध्यमबाट अखाघ वस्तुको परिक्षण गर्न सकिन्छ । ‘यो महिनाभित्रमा भित्रिएका सबै ल्याबहरु सञ्चालनमा ल्याइनेछ,’ प्रवक्ता वस्तीले भने ‘एउटा ल्याब केन्द्रमा रहनेछ । बाँकी विराटनगर, भैरवा, धनगढी, नेपालगन्जलाई समेट्ने गरी विभिन्न क्षेत्रीयकार्यालयमार्फत ल्याब सञ्चालनको तयारी भइरहेको छ ।’


शुरुवातती परिक्षणमा तयारी खाद्य पदार्थहरु कटन क्यान्डी, जुलेबी, चप, मिठाइ लगायतमा प्रयोग गरिने अखाद्य रङको परिक्षण ठाँउको ठाँउ गरिनेछ । त्यसपछि पानी, दुध र विभिन्न खाद्य पदार्थमा प्रयोग गरिने विषादीहरुको समेत परिक्षण गर्ने उनले जानकारी दिए ।

उनको अनुसार टर्कीमा बनेको फोर्ड भेनमा उक्त ल्याब जडान गरिएको छ । ल्याब प्रयोगमा आएसँगै खाद्य पदार्थमा छ्यापछ्याप्ती प्रयोग गरिदै आएको अखाद्य वस्तु÷पदार्थको न्युनिकरण हुने विभागले विश्वास लिएको छ ।