मापदण्डभन्दा कम पेट्रोल बिक्री गर्ने नारायणी पेट्रोल पम्पको नोजल सिल

  २०७५ जेठ २ गते १५:५७     विकासन्युज

काठमाडौं । मापदण्डभन्दा कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि नारायणी पेट्रोल सेन्टरको नोजल सिल गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको संयुक्त बजार अनुगमनको क्रममा काठमाडौंको बाफलस्थित नारायणी पेट्रोल सेन्टरमा मापदण्डभन्दा कम पेट्रोल झरेको भन्दै समस्या देखिएको नोजल सिल गरेको हो ।

उक्त पम्पको २/२ वटा नोजलहरु मध्ये पेट्रोलको १ वटा नोजबाट मापदण्डभन्दा २५ एमएल कम पेट्रोल झरेको थियो । अनुगमन टोलिले उक्त समस्या फेला पारेपछि तत्काल सो नोजललाई सिलबन्दी गरिएको विभागका शाखा अधिकृत दुण्डिराज पोखरेलले जनाए ।

त्यस्तै उनले पम्पमा डिजेलको १ वटा नोजलबाट लिकेज भएको हुँदा मर्मत गरी सञ्चालन गर्न निर्देशन दिएको जनाए । अग्नि नियन्त्रक यन्त्रको व्यवस्था गर्न तथा व्यवसाय दर्ता नविकरण गरी ७ दिनभित्र विभागमा पेश गर्न निर्देशन दिएको उनको भनााइ छ ।

त्यस्तै विभागले साेही दिन काठमाडौं, भक्तपुरका विभिन्न खाद्य पशलहमा समेत अनुगमन गरेकाे थियाे ।