रिलायन्स लाईफ इन्स्योरेन्सले गर्यो एक लाख रुपैयाँकाे बीमा भुक्तानी

  २०७५ जेठ ११ गते १७:१६     विकासन्युज

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले सुरक्षित जीवन बीमा योजना (सावधिक) योजना अन्तर्गत विश्वराम भट्टराईका परिवारलाई एक लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । कम्पनीको यो हालसम्मकै पहिलो दाबी रकम भुक्तानी हो ।

रिलायन्स सुरक्षित जीवन बीमा योजना (सावधिक) योजना अन्तर्गत कम्पनीले विश्वराम भट्टराईका परिवारलाई बीमाङ्क रकम एक लाख रुपैयाँ भुक्तानी गरेको छ ।

इन्स्योरेन्सले ५ वटा जीवन बीमा योजनाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै, निकट भविष्यमा थप ३ वटा बीमा योजना ल्याउने तयारीमा रहेको छ ।