जनता बैंकको चितवनको भण्डारा शाखाबाट कारोबार शुरु

  २०७५ जेठ १३ गते १३:४३     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले चितवनको भण्डारा शाखाबाट कारोबार शुरु गरेको छ । बैंकले पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताहरुलाई बैंकिङ्ग सुविधा दिने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

ग्राहकले यस शाखाबाट अन्य शाखाहरुमाझै आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्ने बैंकले जनाएको छ । साथ्, बैंकले पूर्व पश्चिम राजमार्ग भएर आहोर दोहोर ग्राहकहरुले यस शाखामार्फत थप सुविधा लिन सक्नेछन् भन्ने अपेक्षा लिएको छ ।

यसका साथै बैंकको ८ वटा शाखा ११६ शाखा सञ्जाल पुगेको छ । यससँगै बैंकले हाल ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।