सेञ्चुरी कमर्सियल बैंकको थप तीन शाखा सञ्चालनमा

  २०७५ जेठ १६ गते १४:२२     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो थप तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ्ग पहुच पुर्याउने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगर, दैलेखको नयाँबजार र दाङको शहिदगेतमा शाखा विस्तार गरी कारोबार शुरु गरेको छ ।

उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन् । यस शाखा सहित बैंकले जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।