२०७५ जेठ १७ गते १८:५२ विकासन्युज
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले चितवन जिल्लाको भण्डारा शाखाबाट कारोबार शुरु गरेको छ । यस शाखाबाट अन्य शाखाहरु माझै आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् ।
यससँगै चितवन जिल्लामा मात्रै जनता बैंकको ८ वटा शाखा पुगेका छन् भने देश भरीमा गरि शाखा सञ्जाल ११६ पुगेको छ । यससगै बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.