२०७५ जेठ १७ गते १९:२६ विकासन्युज
काठमाडौं । आइएमई मोटर्स प्रालिले अशोक लेलैंड कमर्सियल भेहिकलको दसैं तिहार फेस्टिव स्किम अन्तर्गत विभिन्न टिपर खरिदकर्तालाई ३७० ग्राम सुन हस्तान्तरण गरेको छ ।
मोटर्सले अशोक लेलैंड १६१६ आईएल काग्रो क्याब टिपर १ थान खरिदमा सुधन बरदेवालाई ३० ग्राम सुन, १६१६ आईएल एसएफटीजी टिपर ८ थान खरिदमा उच्च कोटी निर्माण सेवालाई २५० ग्राम सुन, १६१६ आईएल एसएफटीजी टिपर १ थान खरिदमा लट्टीनाथ निर्माण सेवालाई ३० ग्राम सुन, यू२५१८ एसएफटीजी टिपर २ थान खरिदमा उदय सागर निर्माण सेवालाई ६० ग्राम गरी सो मात्राको सुन हस्तान्तरण गरेको हो ।
हिन्दुजा ग्रुपअन्तर्गत अशोक लेल्याण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेल्याण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो ।
साथै, ट्रक उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक हो । अशोक लेल्याण्ड सच्चा वैश्विक वाहन उत्पादक हो जसको विश्वमा ९ओटा कारखाना छन् । अशोक लेल्याण्ड स्पेयर पुर्जाहरु र औद्योगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्ने कम्पनी हो । अशोक लेल्याण्ड यात्री परिवहनको १८ सिट देखि ७४ सिट सम्मका विभिन्न विकल्प छन् र बसको बजारमा ठूलो पकड रहेको छ । अशोक लेल्याण्ड ट्रक वर्गमा ७.५ टनदेखि ४९ टन सम्मका विकल्पहरु उपलब्ध छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.