२०७५ जेठ २० गते ११:२९ विकासन्युज
काठमाडौं । कृष्णसार भन्सार कार्यालयले विभिन्न कम्पनीका ३१ वटा मोटरसाइकल टेण्डर प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कार्यालयले ३९० सिसिको केटीएम ड्यूक १ लाख मै बिक्री गर्ने भएको हो ।
चोरी निकासी पैठारी अभियोगमा विभिन्न मितीमा कार्यालयले जफत गरेको मोटरसाइकलहरु विक्री गर्न लागेको हो । मोटरसाइकलहरु सन् २०१० देखि २०१७ सम्म उत्पादन भएका छन् ।
बिक्रीमा राखिएका मोटरसाइकलहरुमा १३ वटा बजाज कम्पनी, ३ वटा टीभीएसको अपाचे, ६ वटा होण्डा, ५ वटा हिरो होण्डा, २ वटा केटीएम ड्यूक ३९० सिसि र बुलेट ३५० सिसिको २ वटा मोटरसाइकल रहेका छन् । यस्तै ३५० सिसिको बुलेट मोटरसाइकलको न्युनतम मूल्य पनि कार्यालयले १ लाख नै राखेको छ ।
मोसटरसाइकल टेण्डर प्रक्रियाबाट लिलामी हुने प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । उनका अनुसार मोटरसाइकल खरिद गर्न चाहने व्यत्तिठ, फर्म र संघसंस्थाले २१ दिन भित्र कार्यालयमा निवेदन दिनु पर्नेछ ।
बोलपत्रमा सहभागिता जनाउन बोलपत्र आवेदकले न्युनतम मूल्यको १० प्रतिशत रकम नेपाल बैंकमा जम्मा गर्नु पर्नेछ ।
यसैगरी कार्यालयले पत्रु सामाग्रीको रुपमा प्रयोग गर्ने गरी २ थान जिप र ३१ थान मोटरसाइकल समेत लिलामीमा राखेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.