२०७५ जेठ २१ गते १७:३१ विकासन्युज
काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर स्थापनाको एक वर्ष पार गरी दोस्रो बर्षमा प्रवेश गरेको छ । ललितपुरको हरिसिद्धमा रहेको यस हस्पिटल क्यान्सर बिरामीहरुलाई अन्तराष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौतिहरुसँग सामना गर्ने उद्देश्यले स्थापित भएको हो ।
यस हस्पिटल निजी क्षेत्रबाट सञ्चालित पहिलो क्यान्सरमुखी सेवाग्राही अस्पताल हो, जसले नेपाली जनताको आर्थिक पहुँचभित्र रही गुणस्तरीय क्यान्सर उपचार सेवा दिईरहेको छ ।
आज भन्दा एक वर्ष अगाडी भारतको नयाँ दिल्लीस्थित राजिव गान्धि क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा यस अस्पतालको स्थापना भएको थियो । क्यान्सर उपचारका लागि विदेश जाँदा हुने सामाजिक, आर्थिक र भौतिक नोक्सानीलाई निर्मूल पार्ने उद्देश्यले यस हस्पिटलले आफ्ना कार्यक्रमहरु संचालन गर्दै आएको छ । साथै, नेपालमै जुनसुकै क्यान्सर रोगको उपचार यस हस्पिटलमा हुने विज्ञप्तिमा जनाइएको छ ।
हाल यस अस्पतालमा उपलब्ध उपचारात्मक सेवाहरुलाई मुख्यत तिन विभागमा समेट्न सकिन्छ । मेडिकल अन्कोलोजी अन्तर्गत नेपाल क्यान्सर अस्पतालमा अस्ट्रेलियन दिशा निर्देशनको केमोथेरापी र ओशा गाइडलाइन्समा आधारित सुरक्षित केमोथेरापी तैयारी सेवा प्राप्त हुनु दुई मुख्य विशेषता हुन् ।
यसैगरी, सर्जिकल अन्कोलोजी अन्तर्गत हेड एण्ड नेक सर्जरी, थोराकिक सर्जरी, हेप्याटोबिलिरी सर्जरी, ग्यास्ट्रो इन्टेस्टटिनर सर्जरी, ब्रीस्ट सर्जरी, सफ्ट टिस्यु एण्ड बोन ट्यिुमर सर्जरी, निँउरो सर्जरी, यूरो ओनकोलोजी सर्जरी, ग्यानाई ओनकोलोजी सर्जरी, प्लास्टिक सर्जरी आदिको व्यवस्था रहेको छ ।
सर्जरी डिपार्टमेन्ट अन्तर्गत नेपालमा नै भर्खर सुरु भएको अन्कोप्लास्टिक ब्रेस्ट सर्जरी पनि यस अस्पतालको एक प्रमुख बिशेषतामा पर्दछ । स्तन क्यान्सरको शल्यक्रिया गर्दा पुरै स्तन फाल्नुको सट्टा उक्त स्तनलाई बचाउनु नै अन्कोप्लास्टिक ब्रेस्ट सर्जरीको मुख्य उद्देश्य हो ।
त्यस्तै, सर्जिकल र प्याथोलोजीको संगममा रहेको फ्रोजन सेक्सन सेवा पनि नेपाल क्यान्सर अस्पताल ले दिंदै आएको अवगत गराइन्छ । क्यान्सरको शल्यक्रियाको क्रममा पुरै ट्युमर निकालियो कि निकालिएन भन्ने तुरुन्त जांच गर्न मिल्ने फ्रोजन सेक्सन प्रक्रियाले यस अस्पतालमा हुने शल्यक्रियाहरुको गुणस्तर बढाएको छ ।
त्यसैगरि रेडिएशन अन्कोलोजी अन्तर्गत यस अस्पतालमा ब्राकी थेरापी र एक्सटर्नल बिम रेडियोथेरापी सेवाहरु उपलब्ध छ । डियोथेरापी अन्तर्गत उपलब्ध एक्स्टर्नल बिम रेडियोथेरापीमा संसारकै उत्कृस्ट लिन्याक मेशिन ‘भेरियन टु बिम टु’ यस अस्पतालमा उपलब्ध भएको यस विज्ञप्तिमा जनाइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.