एईसीसी ग्लोबलको ‘अष्ट्रेलियन एप्लिकेशन्स् डे’ शुरु, २८ वटा विश्वविद्यालय सहभागी

  २०७५ जेठ २१ गते १७:५७     विकासन्युज

काठमाडौं । एईसीसी ग्लोबलको सर्वाधिक ठूलो अष्ट्रेलियन शैक्षिक मेला “अष्ट्रेलियन एप्लिकेशन्स् डे जुन २०१८” को शुरु भएको छ । उक्त मेलाको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले गरेका हुन् ।

कार्यक्रममा २८ विश्वविद्यालय तथा कलेज प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जसमा विद्यार्थी र तिनका अभिभावकले प्रत्यक्ष रुपमा ती प्रतिनिधिहरुसँग कोर्स, शुल्क एवं छात्रवृत्तिसम्बन्धी आफ्ना जिज्ञासाहरु राख्ने अवसर प्राप्त गरे ।

यस कार्यक्रमको मुख्य आकर्षण प्रतिनिधिहरुद्वारा स्पट असेस्मेन्ट तथा फाइनेन्सियल एवं भिसा गाइडेन्स बुथ रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले आफ्ना जिज्ञासाहरु प्रस्तुत गरे र एईसीसी ग्लोबलका दक्ष भिसा अफिसरहरुले उचित सल्लाहसुझाव सहित मद्दत पुर्याए ।

बैँकिङ पार्टनरको रुपमा एनआईसी एसिया, नेपाल एसबीआई, सानिमा बैंक, सिद्धार्थ बैंक र एभरेष्ट बैंक गरी ५ विभिन्न बैंकहरुले कार्यक्रममा उपस्थित सहभागीहरुलाई उत्कृष्ट अफरहरु प्रदान गरे । यस कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालको पनि सहभागिता रहेको थियो ।

“विद्यार्थीहरु विश्व विद्यालय सम्म पुग्न नसक्ने अवस्थामा हामीले विश्वविद्यालयलाई नै विद्यार्थी सामु ल्याउने सक्दो प्रयास गरेका र्छौँ”, एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले भने ।

साथै, यस मेला आगामी जेठ २३ गते चितवनको भरतपुर गार्डेन रिसोर्ट र २४ गते पोखराको होटल पोखरा ग्राण्डीमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म आयोजना गरिने छ ।