२०७५ जेठ २२ गते १६:४१ विकासन्युज
काठमाडौं । युनिग्लोव कलेजको आयोजनामा वृहत स्वास्थ्य शिवीर तथा उद्यमशिलता प्रदर्शनी सम्पन्न भएको छ । उक्त स्वास्थ्य शिविरमा रक्तदान, आँखा शिविरको साथ साथै दन्त शिविरको पनि आयोजना गरियो ।
कार्यक्रममा यस कलेजका बीबीए र एमबीएमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी, अविभावक तथा समुदायका व्यक्तित्वहरुबाट रक्तदान एवं स्वास्थ्य जाँच गरिएको छ । कार्यक्रममा झण्डै १७५ पाउण्डको हाराहारिमा रक्तदान भएको कलेजले बताएको छ ।
कार्यक्रममा झण्डै ४०० जनाको आँखा परीक्षण गरियो भने ३८० जनाको दन्त जाँच गरिएको छ । सो कार्यक्रममा समाज डेन्टल हस्पिटल तथा दृष्टी आँखा अस्पतालको चिकित्सकहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरि, युनिग्लोव कलेजकै प्रांगणमा बृहत उद्यमशिलता प्रदर्शनी गरियो र जस अन्तर्गत एमविएमा अध्ययनरत विद्यार्थीहरुद्धारा १४ वटा भन्दा बढी व्यवसायहरु सञ्चालन गरि सो व्यवसायको स्टल राखि प्रदर्शनी गरिएकाे थियो । कलेजले विद्यार्थीमा उद्यमशिलताको भावना र यस प्रतिको सोच विकास गर्ने हेतुले राष्ट्रसेवामा विद्यार्थीका विभिन्न व्यपार व्यवसायहरु मार्फत राज्यलाई टेवा पुगोस् भन्ने अभिप्रायले उक्त कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख डा.नर बहादुर बिष्टले जानकारी गराएका छन् । विद्यार्थीहरुलाई व्यवसायप्रति प्रोत्साहान स्वरुप कलेज मार्फत १० हजार ऋण प्रति व्यवसाय प्रदान गरिएको कलेजद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.