ज्योति विकास बैंकको थप तीन स्थानमा एटीएम सेवा, यसै वर्ष ५ वटा थप्ने तयारी

  २०७५ जेठ २४ गते १४:२७     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले थप तीन नयाँ स्थानमा एटीएम सेवा शुरु गरेको छ । बैंकले काठमाडौंको पेप्सिकोला तथा नेपालटार र विराटनगरमा गरी तीन स्थानमा उक्त सेवा शुरु गरेको हो ।

यससँगै बैंकले १७ स्थानबाट एटीएम सेवा सञ्चालन गरेको छ । हालै मात्र बैंकले एससीटी कार्डलाई प्रतिस्थापन गरि भिसा डेबिट कार्ड ल्याएको हो ।

हाल बैंकले ५४ वटा शाखा कार्यालयबाट सेवा उपलव्ध गराउँदै आएको छ । यस आर्थिक वर्ष भित्रनै बैंकले थप ५ वटा नयाँ शाखा तथा थप ५ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।