२०७५ जेठ २४ गते १६:३६ विकासन्युज
काठमाडौं । ग्लोबल आइएमई बैंकले मकवानपुर जिल्लामा २ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको छ । बैंकले मकवानपुरको चित्लाङ्गमा ८८ औँ र सोही जिल्लाकै धादिङ्गमा ८९ औँ शाखारहित बैकिङ्ग सेवा शुरु गरेको हो ।
चित्लाङ्गको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले गरेका हुन् । त्यस्तै, धादिङ्गमा खोलिएको सेवाकोे उद्घाटन मकवानपुरगढी गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपबहादुर घिमिरेले गरेका छन् । त्यस शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय राजन कपालीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले यी स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।
हाल बैंकले १२९ शाखा, १३१ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८९ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त सेवा प्रदान गर्दे आइरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.