सानेपामा सनराइज बैंकको एटिएम

  २०७५ जेठ २५ गते १५:१४     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले सानेपाको सिटी भ्यू अपार्टमेन्ट्समा एटिएम संचालनमा ल्याएको छ । सिटी भ्यू एटिएमको उद्घाटन बैंकका संचालक ओमकृष्ण जोशी र सिटी स्केप डेभलपर्सका अध्यक्ष मीनमान श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

हाल बैंकले ८३ वटा शाखा, ९७ वटा एटिएम, २२ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै, मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।