२०७५ असार १५ गते ८:२० विकासन्युज
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन १ देखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ९९ करोड ३६ लाख ४७ हजार रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासन भदौ १ गते बन्द हुने बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । असार २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।
हकप्रद बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ पुग्ने छ । हाल १ अर्ब ६५ करोड ६० लाख रुपैयाँ चुक्तापुँजी छ । कम्पनीमा संस्थापक सेयरधनी नेपालीको ४५, विदेशी संस्थापकको १०, सर्वसाधारणको ३५ र राष्ट्रिय वाणिज्य बैंकको १० प्रतिशत स्वामित्व रहेको कम्पनीले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.