२०७५ साउन २२ गते १२:५१ विकासन्युज
काठमाडौं । कन्काई विकास बैंकको कम्पनी सचिवमा प्रकाशमान बज्रचार्य नियुक्त भएका छन् ।
कम्पनीको संचालक समितिको बैठकले बैंकको सीईओ बज्रचार्यलाई कम्पनी सचिवको पदमा नियुक्त गरेको हो । यस नियुक्तीसँगै बज्रचार्यले अब सीईओको साथसाथै कम्पनी सचिवको जिम्मेवारी सम्हाल्ने छन् ।
यसअघि बैंककोे कम्पनी सचिव पदमा बैजुनाथ ठाकुर थिए । कम्पनीको २७२औं संचालक समितिको बैठक साउन १६ गते बसेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.