राष्ट्रिय बीमा कम्पनीे र ओम डभेलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ भदौ ३ गते १४:४०     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र ओम डभेलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीर बिक्रम रायमाझिले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात बैंकले आफ्नो सम्पत्ति, ग्राहक तथा कर्मचारीहरुको दुर्घटना, स्वास्थ्य र लगानी गरिएको सम्पत्तिमाथीको विभिन्न प्रकारको बीमा राष्ट्रिय बीमा कम्पनीबाट सजिलै गर्न सक्नेछ । अब बैंकका ग्राहकहरुले कम्पनीको जुनसुकै शाखाबाट सबै प्रकारका निर्जीवन बीमा लेख प्राप्त गरी आवश्यक परेको समयमा दाबी भुक्तानी पनि सजिलै दिन सक्नेछन् ।

यो सम्झौताले ओम डेभलपमेन्ट बैंकको सबै प्रकारको लगानीलाई सुरक्षा दिनुका साथै बैंक र बीमाको माध्यमबाट नै देशको अर्थ व्यवस्थामा प्रभावकारी विकास गर्न सकिने छ ।