२०७५ भदौ १० गते १५:०२ विकासन्युज
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार, अब ग्राहकहरुले मेगा बैंकका जुनसुकै शाखाबाट सिटिजन लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्न सकिने छ । साथै, प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.