२०७५ भदौ १३ गते १५:२४ विकासन्युज
काठमाडौं । ओम डेभलपमेन्ट बैंक र नेशनल लाईफ इन्स्यारेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र नेशनल लाईफ इन्स्यारेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा बैंकले आफ्ना ग्राहक तथा कर्मचारीकोे विभिन्न प्रकारको जीवन बीमा नेशनल लाईफ इन्स्यारेन्स कम्पनीबाट सहजरुपमा गर्ने व्यवस्था गर्ने जनाएको छ । यस सम्झौता मार्फत बैंकका ग्राहकले जुनसुकै शाखाबाट सबै प्रकारका जीवन बीमा लेख प्राप्त गर्न रपरेको समय दाबी भुक्तानी सहज रुपमा लिन सक्नेछन् ।
सम्झौताले ओम डेभलपमेन्ट बैंकको ग्राहकलाई बैकिङ् तथा बीमा एकद्धार प्रणालीबाट प्रदान गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.