२०७५ असोज १० गते ८:१३ विकासन्युज
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७४ असोज ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको यस कम्पनीले पहिलो वर्षमा नै उल्लेख्य प्रगति गरेको छ । कम्पनीले १२ महिनामा ७५ वटा शाखा संजाल विस्तार गरेको छ । त्यस्तै, विभिन्न ७ वटा आकर्षक जीबन बीमा योजना जारी गरेको छ ।
यस अवधिमा कम्पनीले ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । १८१ करोड रुपैयाँ लगानी गरेको छ । संचालनको पहिलो वर्षमा नै उल्लेख्य मुनाफा आर्जन गरेको कम्पनीले जनाएको छ ।
‘कम्पनीको पहिलो वर्षको यात्रामा साथ दिनु हुने हाम्रा सम्पूर्ण संस्थापक शेयरधनी, कर्तब्यनिष्ठ भई जिम्मेवारी निर्वाह गर्ने कर्मचारीहरु, कम्पनीको मेरुदण्डको रुपमा रहेका अभिकर्ता तथा एजेन्सी म्यानेजर, संस्थागत अभिकर्ता, नियामक निकायप्रति हार्दिक आभार व्यक्त गर्दछौं’ कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले भनेका छन् ।
दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले कुनै पनि संगठनमा कार्यरत कर्मचारीहरुको लागि सम्पूर्ण बीमा सुविधा सहित सामूहिक म्यादी जीबन बीमा योजना जारी गरेको छ । । उक्त बीमा योजना अन्तर्गत कर्मचारीहरुको बीमा गराइ श्रम ऐन २०७४ मा उल्लेख भएको व्यवस्थाको पूर्ण परिपालना गर्न संगठित संस्थालाई अह्वान पनि गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.