सिटिजन लाइफ इन्स्योरेन्सको शाखा पोखरामा

  २०७५ असोज १४ गते २१:११     विकासन्युज

पाेखरा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको पृथ्वी चोकमा नयाँ शाखा विस्तार गरेको छ । गत असोज १३ गते कम्पनीका ब्रान्ड एम्बेसेडर द्वय, मह जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले गण्डकी प्रदेशका माननिय सामाजिक विकास मन्त्री श्रीमती नरदेवी पुन मगरको प्रमुख आतिथ्यमा शाखाको उद्घाटन गरे ।

सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले कम्पनीले हाल सम्म गरेको उपलब्धी र भावी कार्ययोजना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यकता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलाई सेवामुखी वनाउने कुरामा जोड दिए ।

सो कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबि फूंयालले बीमा वजारको संभाव्यता र कम्पनीको योजनाको बारेमा जानकारी गराए । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएकोे सिटिजन जीवन सारथी बीमा योजना बजारमा ल्याएको थियो ।

कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना ग्राहकवर्गलाई जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । कम्पनीले बीमा जागरण अभियान अन्र्तगत विद्यार्थी संग बीमा नामक अभियान देश व्यापी रुपमा चलाउदैं आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.