सेयर बजारमा सामान्य सुधार, ग्लोबल आईएमई बैंकको बढी कारोबार

  २०७५ असोज १६ गते १५:००     विकासन्युज

काठमाडौं । लगातार २ दिन गिरावट आएको सेयर बजारमा मंगलबार सामान्य वृद्धि भएको छ । मंगलबार सेयर बजार २.६९ अंक बढेर नेप्से परिसुचक १ हजार २४१ अंकमा पुगेको छ ।

आइतबार र सोमबार दुई दिन बजार २८ अंकले घटेको थियो । मंगलबार बजार लयमा फर्किएको छ । बैंक व्यापार र निर्जीवन बीमाको मूल्यमा समान्य बढेको छ भने अन्य समूहको घटेको छ ।

बजार सामान्य बढ्दा ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी कारोबार भएको छ । ग्लोबल आईएमईको प्रतिकित्ता ३१६ मा ३ करोड ६५ लाख १३ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

दोस्रोमा सानिमामाई हाइड्रोपावर लिमिटेडको भएको छ । सानिमाको २ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सानिमाले लाभांश घोषणा गरेपछि लगानीकर्ता आर्कर्षित भएका हुन् । मंगलबार ४५ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.