बजार दोहोरो अंकले घट्दा एनएमबी बैंकको सेयर बढी कारोबार

  २०७५ असोज १७ गते १५:५९     विकासन्युज

काठमाडौं । मंगलबार सेयर बजार बढेर लगानीकर्तालाई केही राहत दिए पनि बुधबार दोहोरो अंकले घटेको छ । मंगलबार सेयर बजार १०.७६ अंकले गिरावट आएको छ ।

बुधबार व्यापार र होटल समूहको सेयर मूल्य बढे पनि बैंक, बीमा, जलविद्युतको सेयर मूल्यमा गिरावट आएको छ । सेयर बजार घटेका बेला एनएमबी बैंकको सबैभन्दा बढी कारोबार भएको छ ।

बुधबार एनएमबीको प्रतिकित्ता ३५० रुपैयाँमा २ करोड ६२ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको ७४ हजार ५३७ कित्ता सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.