बैंक अफ काठमाण्डुको बोनस सेयर सुचिकृत, साउनयता १४ कम्पनीको ५ अर्ब १३ करोडको बोनस सेयर थपियो

  २०७५ असोज १७ गते १७:५१     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको बोनस सेयर कारोबारका लागि सुचिकृत भएको छ । नेपाल स्टक एक्चेन्ज लिमिटेडमा बैंकको ८२ करोड ७५ लाख रुपैयाँ बराबरको ८२ लाख ७५ हजार १३३ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

बैंकले सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर वितरण गरेको हो । चुत्तापुँजी बढाउन बैंकले सेयरधनीलाई बोनस सेयर वितरण गरेको हो ।
साउयता विभिन्न १४ बैंक तथा वित्तीय संस्थाको गरी ५ अर्ब १३ करोड ४७ लाख रुपैयाँ बराबरको ५ करोड १३ लाख ४७ हजार कित्ता बोनस सेयर कारोबारका लागि सुचिकृत भएका छन् ।

बोर्डमा बोनस सेयर दर्ता हुनेमा १ जलविद्युत र बाँकी १३ कम्पनी बैंक तथा वित्तीय संस्था रहेका छन् । सबैभन्दा बढी बोनस सेयर हिमालयन बैंकको छ । बैंकको १ अर्ब ६२ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ६२ लाख २९ हजार कित्ता रहेको छ । सबैभन्दा कम सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको छ । सुर्यौदयको ७६ लाख रुपैयाँ बराबरको ७६ हजार कित्ता दर्ता भएको बोर्डले जनाएको छ ।

यस्तै मेगा बैंकको ९९ करोड ८६ लाख ९५ हजार रुपैयाँ बराबरको ९९ लाख ८६ हजार कित्ता, सिद्धार्थ बैंकको ९५ करोड ५६ लाख ५६ हजार रुपैयाँ बराबरको ९५ लाख ५६ हजार कित्ता सेयर दर्ता भएको छ । देव विकास बैंकको २४ करोड ७० लाख ९२ हजार रुपैयाँ बराबरको २३ लाख ७० हजार कित्ता, कामना सेवा विकास बैंकको १३ करोड ४ लाख रुपैयाँ बराबरको १३ लाख ४ हजार, समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको २ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.