सोमबारदेखि हुण्डाईको फ्री चेक अप क्याम्प शुरु, हेराैँ कँहा कँहा हुँदै छ ?

  २०७५ असोज २८ गते १८:३०     विकासन्युज

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि ले “हुण्डाई हाईवे एसुरेन्स” योजना गरेको छ । उक्त योजना अन्तर्गत हुण्डाई गाडिहरुका लागि फ्री चेक अप क्याप आयोजना गरेको छ ।

यस कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना ग्राहकको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुण्डाई गाडीको फ्री चेक अप क्याप स्थापना गरेको छ । नेपालीहरुको महान चाड वडा दसैंमाआफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो हुण्डाई गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी यो कार्यक्रममको आयोजना गरेको हो ।
यस फ्री चेक अप क्याप मा ग्राहकहरुले आफ्नो हुण्डाई गाडीको फ्री चेक अप क्याप गराउनुको साथै आवश्यक लुब्रिक्यान्ट कुल्यान्टको मात्रा कम भएमा कम्पनीले निःशुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ ।

यो योजनाअन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड(काँकड्भित्ता रोड), इटहरी (मिलनचोक), जनकपुर (ढल्केबर), सिद्धार्थ रिसोर्ट (चुम्लिङ्गटार, कुरिनटारबाट ५कि.मी. उत्तरतर्फ), भरतपुर (बालमन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया) फ्री चेक अप क्याप पोइन्टको स्थापना गरीेएको छ ।

यो कार्यक्रम असोज २९ देखी ३१ गतेसम्म बिहान १० बजेदेखी साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।