२०७५ कार्तिक २९ गते १०:१७ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले ११४ जनालाई जागिर खुलाएको छ । सहायक निर्देशक अधिकृत तृतियदेखि सहायक द्धितिय पदका लागि विज्ञापन खुलाएको हो ।
बैंकले सहायक निर्देशक प्रशासन तर्फ २१ जना, चार्टड एकाउन्टेन्ट १० जना, वाणिज्य कानून तर्फ २ जना, सहायक प्रशासन तर्फ सबैभन्दा धेरै ६८ जना र १३ जना प्राविधिकको माग गरेको छ ।
इच्छुक व्यक्तिहरुले अनलाईन फारम भर्न सक्ने बैंकले जनाएको छ । दरखास्त फारम मंसिर २६ गतेसम्म भर्न सकिनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.