२०७५ मंसिर ११ गते १७:५२ विकासन्युज
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच पुनर्बीमा व्यवस्थाको लागि सम्झौता भएको छ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि उक्त सम्झौता भएको हो ।
सोमबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त व्यवस्थाले चालु आर्थिक वर्षको शुरुदेखि नै पुनर्बीमा हुने र यसमार्फत दुबै कम्पनी लाभान्वित हुने छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.