गुँरास लाईफद्धारा बीमित मृत्यु दावीवापतको १४ लाख रूपैयाँ हस्तान्तरण

  २०७५ मंसिर १२ गते १३:५३     विकासन्युज

काठमाडौं । गुँरासलाई इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमित पक्ष प्रतिमा पौडेललाई १४ लाख रूपैयाँ हस्तान्तरण गरेकाे छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत गरिएकाे बीमा दावीमा उक्त भुक्तानी गरिएकाे कम्पनीले जनाएकाे छ ।

वैदेशिक रोजगारको क्रममा तनहुँ चोक चिसोपानी (हाल :भानु नगरपालीका वडा नं.१०) निवासी बीमित विष्णुबाबु तिवारीको दुर्घटनामा परि ओमानमा मृत्यु भएको थियो ।

मृत्युपश्चात दावी भुक्तानी वापतको रकम कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले बीमितको श्रीमती प्रतिमा पौडेललाई १४ लाख रूपैयाँ हस्तान्तरण गरेका छन् ।