सानिमा जनरल इन्स्योरेन्सको थप शाखा ललितपुरमा

  २०७५ मंसिर १२ गते १४:३१     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ललितपुर शाखा विस्तार गरेकाे छ । कम्पनीका संचालक डा. माणिक लाल श्रेष्ठले उक्त शाखा समुद्धाटन गरेका हुन् । कार्यक्रममा  कम्पनीका नायब महाप्रवन्धक सुबोधलाल श्रेष्ठ, कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेल लगायतकाे उपस्थिति थियाे ।

पाटन क्षेत्रमा रहेका उद्योगी ब्यवसायीहरुलाई वीमाको सेवा सर्वसुलभ पुराउने उद्देश्यले यस क्षेत्रमा शाखा विस्तार गरिएकाे कम्पनीले जनाएकाे छ ।