२०७५ मंसिर १४ गते १२:२७ विकासन्युज
काठमाडौं । अब मेगा बैंक नेपाल लिमिटेडबाट ज्योति लाइफ इन्स्योेरेन्सको बीमा सेवा पाइने भएको छ । उक्त सेवा दिने सम्बन्धि दुई कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्ताक्षर गरेका छन् ।
यो सम्झौतापछि मेगा बैंकका जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ । ग्राहकहरुले मेगा बैंकका जुनसुकै शाखाबाट ज्योति लाइफ इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा पाउने छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.