२०७५ मंसिर १४ गते १५:३४ विकासन्युज
काठमाडौं । अजोड इन्स्योरेन्स र वयोधा हस्पिटलबीच नगदरहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रवि चौधरीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा बयोधा हस्पिटलबाट क्यासलेस अर्थात नगदरहित उपचार सेवा उपयोग गर्न पाउने छन् ।
अजोड इन्स्योरेन्सले स्वास्थ बीमामा जोड दिएको र भविश्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ बीमाबारे सचेतना बृद्धि गर्ने उद्धेश्यले उक्त सम्झौता गरेको जनाएको छ ।
यस अधिब्लुक्रस हस्पिटल, मेडिसिटि अस्पताल लगायतसँग उक्त सम्झौता भइसकेको र बाँकी अस्पतालमा पनि छिटै सम्झौता गर्ने अजोड इन्स्योरेन्सले बताएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.