युनाइटेड इन्स्योरेन्स र जनता बैक बीच बैंकास्योरेन्स सम्झौता

  २०७५ मंसिर १७ गते १७:३०     विकासन्युज

 

 

 

 

 

 

 

 

काठमाडौं । जनता बैंक नेपाल र युनाइटेड इन्स्योरेन्स कम्पनी बीच बैकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवँर क्षेत्री र इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए सँगै जनता बैंकका ग्राहकले युनाइटेड इन्स्योरेन्सले प्रदान गर्ने सेवा सम्बन्धि सुविधाहरु बैंकका विभिन्न शाखा कार्यालयहरुबाट लिन सक्ने भएको छ ।