सन नेपाल लाइफ इन्स्योरेन्सको २३ औं उपशाखा गुलरियामा

  २०७५ मंसिर १८ गते १२:१५     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २३ औ उपशाखा कार्यालयको रुपमा गुलरिया उपशाखा कार्यालयको उद्घाटन गरेको छ ।

कम्पनीका प्रमुखकार्यकारी अधिकृत राजकुमार अर्याल र महा प्रबन्धक कमलराज गौतमले सयुक्त रुपमा उपशाखा कार्यालयको उद्घाटन गरेका छन् । सोही कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्याल र महा प्रबन्धक गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका छन् ।

स्थानीय जनसमुदाय तथा अभिकर्ताहरुको बाक्लो उपस्थितीका माझ बीमाको जनचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ कम्पनीले कर्णाली प्रदेशमा बीमा जागरण अभियान समेत सम्पन्न गरेको जानकारी दिएको छ ।